शिक्षामन्त्री पुनलेले मागे पूर्व शिक्षामन्त्री विद्या भट्टराई मन्त्री हुँदा सुरु गरेका काम र योजना
काठमाडौं । शिक्षामन्त्री शिशिर पुनले पूर्व शिक्षामन्त्री विद्या भट्टराईले मन्त्री हुँदा सुरु गरेका काम र योजनाहरूको प्रतिवेदन मागेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार मन्त्री पुनले मन्त्रालयका सम्बन्धित शाखा प्रमुखहरूलाई तत्काल भट्टराईको कार्यकालमा सुरु भएका नीति, कार्यक्रम र योजना सम्बन्धी फाइलहरू संकलन गरी पेश गर्न निर्देशन दिएका छन्।
मन्त्री पुनले भने, “शिक्षा मन्त्रालयमा सुरु भएका राम्रा काम र सुधारका योजनाहरू निरन्तरता पाउनुपर्छ। नयाँ नीति बनाउँदा पुराना योजनालाई पनि मूल्यांकन गर्न आवश्यक छ।”
उनका अनुसार मन्त्रालयले हाल शिक्षा सुधार, शिक्षक व्यवस्थापन, प्राविधिक शिक्षा विस्तार र नयाँ विधेयक निर्माणजस्ता विषयलाई प्राथमिकतामा राखेको छ।
पूर्व मन्त्री भट्टराईको कार्यकालमा विद्यालय सुधार योजना, ECD सुदृढीकरण, शिक्षक प्रशिक्षण र डिजिटल शिक्षा विस्तारका कार्यक्रमहरू सुरु भएका थिए। ती योजनामध्ये कतिपय कार्यान्वयनमा ढिलाइ भएकाले मन्त्री पुनले पुनरावलोकनको तयारी गरेका हुन्।
शिक्षा मन्त्रालयका अधिकारीहरूले भनेका छन् कि यो कदमले शिक्षा नीतिमा निरन्तरता र पारदर्शिता दुवै सुनिश्चित गर्नेछ।
Post a Comment