सरकारले करार र अस्थायी रूपमा शिक्षक तथा कर्मचारीहरूलाई पनि महंगी भत्ता

 



काठमाडौं । करार र अस्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सरकारसँग आफूहरूलाई पनि महंगी भत्ता प्रदान गर्न माग गरेका छन्।


हाल स्थायी शिक्षक तथा कर्मचारीहरूलाई मात्र महंगी भत्ता दिइँदै आएको भए पनि, समान जिम्मेवारी र काम गरे पनि करार र अस्थायी सेवामा रहेका शिक्षक–कर्मचारीहरू त्यसबाट वञ्चित रहेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।


शिक्षक संगठनहरूका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “महंगीको मार सबै नागरिकमा समान छ। स्थायी वा करार, सबै शिक्षाकर्मीलाई समान सुविधा दिनु सरकारले सुनिश्चित गर्नुपर्छ।”


उनीहरूले सरकारले आर्थिक अवस्थाको कारण देखाएर आफूहरूलाई पछाडि पार्न नहुने र समावेशी र न्यायपूर्ण नीति ल्याउन आग्रह गरेका छन्।


शिक्षा मन्त्रालयका एक स्रोतका अनुसार यस विषयमा अध्ययन गर्न समिति गठन गर्ने तयारी भइरहेको छ। समिति गठन भएपछि करार र अस्थायी कर्मचारीलाई महंगी भत्ताको दायरामा कसरी ल्याउने भन्ने विषयमा सिफारिस गरिने बताइएको छ।

Comments

Popular posts from this blog

Breaking: अस्थायी, करार खारेजी अब शिक्षकमा पनि लागू हुने

राहत शिक्षकलाई अन्ततः पेसागत निरन्तरता सहित सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने