शिक्षामा दक्ष नेतृत्वका लागि नयाँ कार्यविधि ल्याउने शिक्षामन्त्री पुनको भनाई

 शिक्षामा दक्ष नेतृत्वका लागि नयाँ कार्यविधि ल्याउने शिक्षामन्त्री पुनको भनाई



काठमाडौं । शिक्षामन्त्री शिशिर पुनले शिक्षामा गुणस्तर वृद्धि र दक्ष नेतृत्व विकासका लागि सरकारले नयाँ कार्यविधि ल्याउने तयारी गरिरहेको बताएका छन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले शिक्षामा सुधारका लागि अब व्यवस्थापन र नेतृत्व क्षमतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्था प्रभावकारी बनाउन दक्ष नेतृत्व अनिवार्य छ, त्यसका लागि नयाँ कार्यविधि तयार भइरहेको छ।”

उनका अनुसार नयाँ कार्यविधिले शिक्षक, प्रधानाध्यापक र शैक्षिक निकायका प्रमुखहरूलाई पारदर्शी मूल्याङ्कन, दक्षता मापन र प्रशिक्षण प्रणालीमा जोड दिनेछ।

मन्त्री पुनले शिक्षाको नीतिगत सुधार र प्राविधिक शिक्षा विस्तारलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिए। उनले थपे, “शिक्षा अब पुस्ता निर्माणको माध्यम मात्र होइन, राष्ट्र निर्माणको आधार बन्नुपर्छ।”


Comments

Popular posts from this blog

Breaking: अस्थायी, करार खारेजी अब शिक्षकमा पनि लागू हुने

राहत शिक्षकलाई अन्ततः पेसागत निरन्तरता सहित सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने