ECD र विद्यालय कर्मचारीलाई समेट्ने गरी नयाँ शिक्षा विधेयक बनाउने हो - शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर पुनले प्रारम्भिक बाल विकास (ECD) का कार्यकर्ता र विद्यालयका कर्मचारीहरूलाई समेट्ने गरी नयाँ शिक्षा विधेयक तयार पारिने बताएका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले अहिले कार्यरत ECD कार्यकर्ता र विद्यालयका गैरशिक्षक कर्मचारीहरू लामो समयदेखि बेवास्तामा परेकाले नयाँ विधेयकले उनीहरूको अधिकार सुनिश्चित गर्ने बताए।
उनले भने, “शिक्षा प्रणाली सुदृढ बनाउन सबै तहका कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले ECD र विद्यालयका कर्मचारीहरूलाई पनि विधेयकभित्र समेटिने गरी कानुनी प्रावधान ल्याइनेछ।”
मन्त्री पुनका अनुसार नयाँ शिक्षा विधेयकले शिक्षकको सेवा–सर्त, पदोन्नति, तालिम, पारिश्रमिकदेखि विद्यालय व्यवस्थापनका विषयलाई व्यवस्थित गर्नेछ।
उनीले आगामी वर्षदेखि शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय तहसँग सहकार्यमा व्यवहारिक सुधार कार्यक्रम पनि अघि बढाइने जानकारी दिए।
शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका ECD कार्यकर्ता र विद्यालय कर्मचारीहरूले सरकारको यस घोषणालाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यसलाई आफ्नो योगदानको मान्यता र भविष्यको सुरक्षासँग जोडेर हेरेका छन्।

Comments
Post a Comment