ECD र विद्यालय कर्मचारीलाई न्यूनतम् तलब र सामाजिक सुरक्षा दिन विद्या भट्टराईको माग

 प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई न्यूनतम तलब तथा सामाजिक सुरक्षा दायराभित्र ल्याउने

काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षामा सुधारका लागि हालका मन्त्री डा. महावीर पुनलाई ३० बुँदामा सुझाव दिएकी छन्।

सामाजिक सञ्जालमार्फत सुझाव मागेपछि उनले आफ्नो कार्यकालमा सुरु भएका नीति र योजनामध्ये तत्काल कार्यान्वयन गर्न सकिने कामहरू प्रस्तुत गरेकी हुन्।

उनका प्रमुख सुझावहरूमा विश्वविद्यालय र कलेजको अनुगमन, शैक्षिक परामर्श नियमन, पुस्तक नीति, शिक्षक दरबन्दी पुनरावलोकन, परीक्षा सुधार, पाठ्यक्रम संशोधन र विद्यालय कर्मचारी–ECD सहजकर्तालाई सामाजिक सुरक्षा दायरामा ल्याउने विषयहरू छन्।

त्यस्तै, नि:शुल्क र अनिवार्य शिक्षाको कार्यान्वयन, विद्यार्थी शुल्क अन्त्य, शिक्षक सरुवा–बढुवामा पारदर्शिता, भर्चुअल कक्षा विस्तार, विदेशी विद्यार्थीका लागि विशेष भिसा र सामुदायिक विद्यालयमा इन्टरनेट–बिजुली निःशुल्क गर्ने प्रस्ताव पनि समेटिएका छन्।

भट्टराईले यी प्रस्तावहरू तुरुन्त कार्यान्वयन गर्न सकिए शिक्षाको गुणस्तरमा ठोस रुपान्तरण सम्भव हुने विश्वास व्यक्त गरेकी छन्।



Comments

Popular posts from this blog

Breaking: अस्थायी, करार खारेजी अब शिक्षकमा पनि लागू हुने

राहत शिक्षकलाई अन्ततः पेसागत निरन्तरता सहित सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने