प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई न्यूनतम तलब तथा सामाजिक सुरक्षा दायराभित्र ल्याउने
काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षामा सुधारका लागि हालका मन्त्री डा. महावीर पुनलाई ३० बुँदामा सुझाव दिएकी छन्।
सामाजिक सञ्जालमार्फत सुझाव मागेपछि उनले आफ्नो कार्यकालमा सुरु भएका नीति र योजनामध्ये तत्काल कार्यान्वयन गर्न सकिने कामहरू प्रस्तुत गरेकी हुन्।
उनका प्रमुख सुझावहरूमा विश्वविद्यालय र कलेजको अनुगमन, शैक्षिक परामर्श नियमन, पुस्तक नीति, शिक्षक दरबन्दी पुनरावलोकन, परीक्षा सुधार, पाठ्यक्रम संशोधन र विद्यालय कर्मचारी–ECD सहजकर्तालाई सामाजिक सुरक्षा दायरामा ल्याउने विषयहरू छन्।
त्यस्तै, नि:शुल्क र अनिवार्य शिक्षाको कार्यान्वयन, विद्यार्थी शुल्क अन्त्य, शिक्षक सरुवा–बढुवामा पारदर्शिता, भर्चुअल कक्षा विस्तार, विदेशी विद्यार्थीका लागि विशेष भिसा र सामुदायिक विद्यालयमा इन्टरनेट–बिजुली निःशुल्क गर्ने प्रस्ताव पनि समेटिएका छन्।
भट्टराईले यी प्रस्तावहरू तुरुन्त कार्यान्वयन गर्न सकिए शिक्षाको गुणस्तरमा ठोस रुपान्तरण सम्भव हुने विश्वास व्यक्त गरेकी छन्।
Post a Comment