विशेष शिक्षक अब दरबन्दीमा, स्थायी शिक्षकसरह सेवा–सुविधा पाउने



 काठमाडौं । सरकारले विशेष शिक्षकलाई औपचारिक रूपमा दरबन्दीमा समेट्ने व्यवस्था गरेको छ। नयाँ शिक्षा नियमावलीअनुसार विशेष शिक्षकको नियुक्ति अब शिक्षक सेवा आयोगमार्फत हुने व्यवस्था गरिएको छ।

यस व्यवस्थासँगै आयोगबाट नियुक्त भएका विशेष शिक्षकले स्थायी शिक्षकसरह सेवा–सुविधा प्राप्त गर्नेछन्। यस निर्णयले विशेष शिक्षाको क्षेत्रमा कार्यरत शिक्षकहरूको पेशागत सुरक्षा, सेवा–सुविधा र कार्यस्थायित्व सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार भएको अपेक्षा गरिएको छ।

सरकारको यो कदमले विशेष आवश्यकता भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, विशेष शिक्षकहरूको मनोबल बढ्नुका साथै विद्यालयमा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Comments

Popular posts from this blog

Breaking: अस्थायी, करार खारेजी अब शिक्षकमा पनि लागू हुने

राहत शिक्षकलाई अन्ततः पेसागत निरन्तरता सहित सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने