Breaking: शिक्षक सेवा आयोगले प्रा.बि तहको विज्ञापन खोल्दै

 


प्रावि शिक्षक विज्ञापन खुल्दैछ त? धेरैको मनमा रहेको एउटै प्रश्न!

प्रावि (प्राथमिक तह) कहिले खुल्छ? भन्ने जिज्ञासा अहिले धेरैको मनमा देखिएको छ। हालै शिक्षा विभागले देशभरका स्थानीय तहलाई रिक्त शिक्षक दरबन्दीको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। यसअघि केही रिक्त प्रावि दरबन्दीलाई निमावि र मावि तहमा समायोजन गर्ने प्रस्ताव सम्बन्धित निकायमा पुगेको चर्चा भए पनि, त्यसबारे अन्तिम निर्णय भने सार्वजनिक भएको छैन।


यदि प्रावि तहका रिक्त दरबन्दी यथावत् रहने निर्णय भयो भने, शिक्षक सेवा आयोगको आगामी कार्यतालिकामा प्रावि तहको विज्ञापन समावेश हुने सम्भावना रहेको देखिन्छ। हालसम्म आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छैन। त्यसैले आधिकारिक सूचना प्रकाशित नभएसम्म कुनै पनि जानकारीलाई अन्तिम निर्णयका रूपमा लिनु उचित हुँदैन। आशा गरौँ, धेरै प्रतीक्षित विज्ञापन छिट्टै प्रकाशित हुनेछ।💜✍️ 

#primarylevel  #vacancy #TSC

Comments

Popular posts from this blog

Breaking: अस्थायी, करार खारेजी अब शिक्षकमा पनि लागू हुने

राहत शिक्षकलाई अन्ततः पेसागत निरन्तरता सहित सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने